दफा १२६क
कसूर पीडितको नाममा सहयोग लिन नहुने:
(१) कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्वीर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जाल मार्फत आह्वान गरी: वा नगरी निजलाई औषधि उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूर पीडित वा निजका परिवारका सदस्यले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनै सहयोग वा कुनै सुविधा प्राप्त गरेकोमा वा कुनै; सामाजिक संस्था वा कुनै व्यक्तिले आफूखुसी दिएको सहयोग प्राप्त गरेकोमा यस (दफा बमोजिम कसूर गरेको मानिने छैन।